पार्टी प्रवेश तथा वडा अधिवेशन जनमत पार्टीको राजपुर नगरपालिकाको बैरियामा सम्पन्न

Exif_JPEG_420

मेवालाल यादव 

frontline

रौतहट ,पुष ,२४ 

रौतहटको राजपुर नगरपालिका -९ बैरियाटोलमा आज जनमत पार्टीको पार्टी प्रवेश तथा वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।राजपुर नगरकार्य समितिको आयोजनामा पार्टी प्रवेश तथा वडा अधिवेशन कार्यक्रमको कलिमुल्ला मन्सुरी उर्फ बुलेट राजाको अध्यक्षयतामा सम्पन्न भएको छ ।

Exif_JPEG_420

सो कार्यक्रमका बिशिस्ट अतिथि तथा रौतहट -२ क को बिधायक प्रत्याशी मो .आलम उर्फ बाबू साहेबले नव प्रवेशीहरुलाई माला र टिका लगाई जनमत पार्टीमा प्रवेश गराएका हुन ।

Exif_JPEG_420

 जनमत पार्टीको रौतहट जिल्ला इन्चार्ज तथा प्रमुख अतिथि शेख जमसैद्को  प्रमुख अतिथिमा पार्टी प्रवेश तथा वडा अधिवेशन कमिटीबाट १५ सदस्य नगर कमिटी गठन सम्पन्न भएको छ । अध्यक्ष शेख तैयब , उपाध्यक्ष 

आसमा खातुन ,मोमिना खातुन , सदाम देवान, सचिव शेख करनैल, सह सचिव शेख सयालुदिन , कोषाअध्यक्ष शेख नबारुलहक लगायत १५ सदस्य वडा कमिटी गठन यस प्रकार रहेको प्रकाश झाले बताएका छन् ।

Exif_JPEG_420

जनमत पार्टीको रौतहट जिल्ला इन्चार्ज तथा प्रमुख अतिथि शेख जमसैद्ले पार्टी प्रवेश तथा वडा अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ गाउँमा सिंहदरबार पुगेको आभास नेपाली जनताले गरे संगै रौतहट क्षेत्र -२ को बिकासले पनि गति लिन्छ भने अपेक्षा सबै नागरिकहरुमा थियो तर अफताब आलमको मौन मस्ति, नातेदारको कारण बिकास नभएको जमसैदले एक कार्यक्रम बीच बताए ।

Exif_JPEG_420

तराई–मधेशमा नेपाली काङ्ग्रेस पार्टीले जातीय , ब्याक्ती , कृपावाद , नातावादलाई राजनीतिमा नै निरन्तरता दिइरहेका छन् ।रौतहट क्षेत्र -२ का जनताले किन अफताब आलमलाइ र सो खलदानको ब्यक्तिलाई निर्वाचनमा भोट दिएर बिजयी गराउछ।निर्वाचनमा मधेसीया अनुहार हेरेर भोट हाल्छै तर त्यो भोट पहडियाको जान्छ ।आउदो निर्वाचनमा अफताब आलमलाइ र सो खलदानको कुनै पनि ब्यक्तिलाई भोट नदिनु शेख जमसैदले बताउनुभयो ।

Exif_JPEG_420

सो पार्टी प्रवेश तथा वडा अधिवेशन कार्यक्रममा बिशिस्ट अतिथि रौतहट -२ क को बिधायक प्रत्याशी मो .आलम उर्फ बाबू साहेब , कार्यक्रम संचालक तथा पर्यवेक्षक  प्रकाश झा, अतिथि डा. रामशंकर ठाकुर , पालिका पर्यवेक्षक साहआलम , रामएस झा, लगायत पार्टीको कार्याकर्ता , अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस्

poster-here