नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै हिलिहाङ
हिलिहाङ गाउँपालिकाले निः शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक र द्धन्द्ध पीडितलाई निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रम अनुसार गाउँपालिकाले लोक सेवा आयोगले लिने परीक्षामा सक्रियतातापूर्वक सहभागी गराउने उद्देश्यले लोक सेवा तयारी कक्षा निशुल्क सञ्चालन गर्न लागेको हो ।
लोकसेवा तयारी कक्षा लिन इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । लोकसेवा तयारी कक्षा सञ्चालन गरी सरकारी सेवा प्रवेश प्रतिको सकारात्मक भावना अभिवृद्धि गराउने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्