इजरायल-प्यालेस्टाइन रकेट युद्ध रोक्न अमेरिका सक्रिय

काठमाडौँ । जेरुशेलम र गाजाको हिंसा एकाएक रकेट युद्धमा नै परिणत भएपछि अमेरिकी राष्ट्रपति जो बाइडन यसलाई मथ्थर गर्न लागि परेका छन् । उनले इजरायल र प्यालेस्टाइनका नेताहरूसँग टेलिफोन संवाद गर्दै युद्ध रोक्न र विकल्प खोज्‍न आग्रह गरेको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरूले जनाएका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई बाइडनले पालै-पालो टेलिफोन गर्दै बढ्दो हिंसा प्रति दुःख व्यक्त गर्दै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् । उनले इजरायलीको पक्षमा आफ्नो समर्थन रहेको भन्दै आक्रमणपछि प्रतिरक्षामा इजरायल रहेको प्रष्ट पारेका छन् । समुदायमा देखिएको विवादलाई रकेट युद्धमा पुर्‍याएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

frontline

त्यहाँ रहेको सञ्‍चारकर्मीको सुरक्षाको विषयमा पनि दुवै नेतासँग बाइडनले कुरा गरेका छन् । बाइडन अमेरिकाको राष्ट्रपति भएपछि नेतन्याहूसँग बारम्बार कुरा गरेपनि  प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग पहिलो पटक टेलिफोन संवाद गरेका हुन । हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण  तत्काल रोक्न आग्रह गरेका छन् ।

प्यालेस्टाइनसँग सम्बन्ध बिस्तारका लागि अमेरिका प्रतिबद्ध रहेको पनि बताएको ह्वाइटहाउसको हवला दिँदै सञ्‍चार माध्यमले जनाएका छन् । गाजा क्षेत्र प्यालेस्टाइनको भन्दा पनि हमासको नियन्त्रणमा छ । अमेरिकाले हमासलाई आतंककारी संगठन घोषित गरेको छ । अब्बासले गाजामा चाहेर पनि आफ्नो कुरा लाद्‍न सहज छैन ।

अमेरिकी विशेष दूत शनिबार इजरयाली सहर तेल अभिभ पुगेपछि वार्ता भएको हो । उनी त्यहाँ पुगेर इजरायल, प्यालेस्टाइन तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग त्रिपक्षीय छलफलमा छन् । अहिले चलिरहेको लडाइ पछिल्लो केही वर्ष यताको सबैभन्दा गम्भीर भनिएको छ । गत अप्रिल १३ मा दमासकसको गेटमा रोखिएको अवरोधलाई लिएर प्यालेस्टाइनीहरू आक्रोशित हुँदै प्रदर्शनमा उत्रेपछि प्यालेस्टाइनी र इजरायली प्रहरीबीच भिडन्त सुरु भएको हो ।

त्यसलगत्तै अर्थात दुई दिनपछि एक्कासी गाजाबाट इजरायलमा रेकट प्रहार भयो । अनि इजरायलले जवाफमा हवाई आक्रमण गर्‍यो । अहिलेसम्मको युद्धलाई नियाल्ने हो भने इजरायल अघि बढेको देखिदैन । पहिलो आक्रमण गाजा क्षेत्रबाट हुने गरेको छ । अहिले पनि त्यही भयो । अनि १९ अप्रिलमा अबर तथा यहुदीहरू रहेको तटीय शहर जाफासम्म भिडन्त हुन थाल्यो । जाफाबाट  तेल अभिभ नजिकै छ । 

यहुदीमाथि  प्यालेस्टाइनको भिडियो सार्वजनिकपछि आक्रोशित जुज युवाहरूले अरबको विरोध र आक्रमण छेड्न थाले । अनि २३ अप्रिलमा त जुजहरू अरब विरोधी नारा लगाउँदै दमासकसतर्फ अघि बढे । त्यहाँ झडप हुन थाल्यो । जसले गर्दा  प्यालेस्टाइनी र प्रहरीबिच झडप भयो ।अनि जुज र अरबबीच हिंसा विभिन्‍न सहरमा फैलियो । 

अनि फेरि २४ अप्रिलमा बिद्रोहीले गाजाबाट दर्जनौँ रकेट इजरायलतर्फ प्रहार गरेका थिए  । यस्ता कतिपय रकेट इजरायलले आकाशमै ध्वस्त पार्छ, त्यही भयो । अनि इजरायलले पनि हवाइ आक्रमण सुरु गर्‍यो । पछिल्लो समय गाजाबाट हमासले इजरायलमा इनसेन्डिरी बेलुनहरू पठायो, जसका कारण आगलागीका दर्जनौँ घटना भए । त्यसपछी इजरायली जवाफ थप कडा हुन थाल्यो ।

प्यलेस्टाइनले यसरी एक पछि अर्को हर्कद गर्दै गएपछि इजरायली प्रधानमन्त्री नेतन्याहूले रेड लाइन क्रस भएको भन्दै हवाई आक्रमणको आदेश नै  दिए । इजरायलले हवाई आक्रमण तिव्र पार्‍यो । २०१४ यता दुई पक्षीय युद्धको विकराल रूप देखिएको छ । यसबाट गाजामा १५० र इजरायलमा १० को ज्यान गइसकेको छ ।

इजरायल नै पनि असुरक्षित ठहरिँदै गएपछि थप  चिन्ता बढेको र अन्तराष्ट्रिय समुदायले याे युद्ध तत्काल रोक्न दुवै पक्षलाई आग्रह गरेको छ । इजरायलले रकेट कम गर्ने  वित्तिकै गाजाबाट बढ्ने हुनाले तत्काल रोकिने देखिदैन् । यसमा खाडी मुलुकले विशेष पहल गर्न आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here