प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यक्रम अलपत्र

बढैयाताल गाउँपालिका पशुपालनलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले पशुपालनमा स्थानीय युवाको आकर्षण बढाउनका लागि पशुपालनलाई जोड दिएको हो । 

गाउँपालिकाको पशु सेवा शाखाका अधिकृत अशोककुमार उपाध्यायका अनुसार पशुपालनका लागि औषधी उपचार, कृत्रिम गर्भाधान तथा तालिम सञ्चालन गर्ने छ । गाउँपालिकाले गाई पालन, भैंसीपालन तथा बंगुर पालनका लागि तालिम सञ्चालन गर्ने उनले पालिकाखबरलाई बताए । 

frontline

गाउँपालिकाले पशुको लागि बजेट विनियोजन गरे पनि प्रमुख प्रशासकीय अधिकृत नभएकाले कार्यक्रम सञ्चालन गर्न नपाएको उनको गुनासो छ । प्रमुख प्रशासकीय अधिकृत आएसँगै कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । 

गाउँपालिकाले पशु पालनलाई जोड दिए पनि चालु आर्थिक वर्ष २०८०/०८१ मा अनुदानको कार्यक्रम सञ्चालन नगर्ने उनले बताए । अनुदानको कार्यक्रम सोचेअनुरुप प्रभावकारी नभएकाले सोका लागि गाउँपालिकाले बजेट विनियोजन नगरेको उनको भनाइ छ ।

तर गाउँपालिकाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने उनले सुनाए । उनका अनुसार गाउँपालिकामा करिब १५० वटा व्यवसायिक पशुपालन फार्म सञ्चालनमा रहेका छन् । गाउँपालिकाका अधिकांश स्थानीयले सामान्य रुपमा पशुपालन गर्दै आएको उनी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here