सिडेन अध्यक्षमा ६४ बर्षिय पाण्डे भर्सेज ४६ वर्षिय के.सि कसले मार्ला बाजि ??
सिडेनको छैटौं कार्यकारीणी समीतीको निर्वाचन ‘युवाको एजेन्डा लिएर चुनाव जितेका सिडेन अध्यक्ष उमेश प्रसाद थानीले यसपालीको निर्वाचनमा ६४ बर्ष उमेरका मान्छेलाई अध्यक्षको प्रत्याशी बनाएका छन । युवा हुनुपर्छ, युवा अगाडी आउनुपर्छ भन्ने एजेण्डा बोकेर चुनाव जितेका थानिले यसपालीको चुनावमा युवाको एजेन्डालाई लात मारेका छन भने युवा भनेर ब्यक्तिगत स्वार्थपुर्तीमा लाग्ने उनले आफ्नो समुहका धेरै युवालाई अगाडी बड्न दिएनन, त्यसै गरि अर्को टिमबाट चुनाव लडेका उम्मेदवार लक्ष्मण के. सि. पाण्डेभन्दा १८ वर्ष कान्छा उम्मेदवार रहेका छन्। लक्ष्मण के सि सङ्ग सिडेनको सस्थापक सदस्य तथा कार्यकारिणी समीतीको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव रहेको छ।
काठमाण्डौ क्षेत्र न. ६ बाट नेपाली कांग्रेसको राजनीतिमा महाअधिवेशन प्रतिनिधी रहिसकेका केसी अमेरिकाको प्रतिष्ठीत विश्वविद्यालय University of Hawaii बाट Transportation and Environmental Engineering मा स्नातकोत्तर उपाधी हासिल गरि स्वदेश फर्किएका हुन। विश्वको पहिलो प्राथमिकतामा परेको देशबाट नेपाल फर्कीनु आफैमा चुनौतीपुर्ण कुरा हुदाहुँदै पनी देशलाई आफ्नो पेशाबाट केहि टेवा पुर्याउन सकिन्छ भन्ने उच्च आकांक्षा सहित स्वदेश फर्किएको उहाको अनुभव छ । सिडेन सातौ कार्यकारिणी समितिको निर्वाचनमा, सिडेनलाई ‘Profession र Politics को Interface’ को रुपमा अघि बढाउने उदे्श्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएका के. सि. इन्जिनियरिङ समुदायमा प्रभावशाली ब्यक्तीका रुपमा परिचित छन । इन्जिनियरिङ क्षेत्रमा छुट्टै पहिचान बनाएका के.सि. लाई अध्यक्षको सबैभन्दा बलियो उम्मेदवारको रुपमा आकलन गरिएको छ । केसि उपाध्यक्ष रहेको पाचौ कार्यकारिणी समीतीले उहाकै नेतृत्वमा सिडेनको इतिहासमै पहिलो पटक National Convention गरिएको थियो। पुर्वाधार, उर्जा लगायतका ४ वटा Theme राखेर उक्त Convention सफलापूर्वक सम्पन्न गर्न उहाको महत्वपूर्ण योगदान रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्