रुरुक्षेत्रमा एकीकृत शिविर

गुल्मी। रुरुक्षेत्र गाउँपालिकाले एकीकृत शिविर आयोजना गरेको छ। गाउँपालिकाले शुक्रबार वडा नं ६ रिमुवाको जनज्योति मा.वि.मा एकीकृत शिविर सञ्चालन गरेको हो।
शिविरमा डाक्टर सहितको स्वास्थ्य सेवा, आयुर्वेद सेवा, अपाङ्गता परिचय–पत्र वितरण, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा प्रदान गरेको छ । साथै पशुपंक्षी स्वास्थ्य सम्बन्धी चेकजाँच तथा निशुल्क औसधि वितरण सेवा, निशुल्क कृषि औषधि/विषादि वितरण तथा परामर्श सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ।




गाउँपालिकाले शिविरमा मनसुनजन्य विपद्मा परेका लाभाग्राहीहरुको संझौता, हालै प्रकाशित गरिव परिवारको प्रारम्भिक सूचि उपर गुनासो दर्ता गर्ने सेवा, व्यवसाय दर्ता / नविकरण सेवा जस्ता सेवा प्रदान गरेको हो।
प्रतिक्रिया दिनुहोस्