मृगौला डायलासिस सञ्चालन गर्न तारकेश्वर र शहीद धर्मभक्तबीच सम्झौता
मृगौला डायलासिस सेवा संचालनको लागि तारकेश्वर नगरपालिका र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर वीच सम्झौता भएको छ । सेवा संचालनको गर्नको लागि शुक्रबार दुईबीच सम्झौता भएको हो ।
समझौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्ण हरि महर्जन र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए।
सम्झौता भए पश्चात तारकेश्वर नगरपालिकामा मृगौला डायलासिस सेवा छिटै संचालन गरिने नगरप्रमुख महर्जनले बताए ।
यो सम्झौताको अवसरमा केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले अङ्ग प्रत्यारोपणको शाखा तारकेश्वर नगरपालिका क्षेत्र भित्र राख्नको लागि गरेको प्रस्तावमा नगर प्रमुख तथा उप प्रमुखज्यूले सकारात्मक सहमति जनाएको र सो सम्बन्धमा भावि दिनहरुमा पालिका भित्र अङ्ग प्रत्यारोपण सम्बन्धी सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउने विषयमा सहमति तथा समझदारी भएको बताए।
प्रतिक्रिया दिनुहोस्