रौतहटको १२ पालिकामा सिचाइ समस्या बारे ज्ञपान पत्र
मेवालाल यादव ,
१२ फागुन, रौतहट । रौतहट जिल्लाको १२ पालिकामा किसानहरूको सिंचाई समस्या समाधानका लागि मधेश प्रदेश सरकारका कृषि, पशुपंक्षी, भुमी व्यवस्था तथा सहकारी मंन्त्रालयको पहलमा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल विधुत प्राधिकरण प्रादेशिक कार्यालयले मधेश प्रदेशको सबै पालिकाहरुमा कृषि विधुतिकरण गर्ने निति लिएको छ । कृषि विधुतिकरण कार्यक्रम चाडैं ल्याउने भएको छ।
किसानहरूले प्रत्यक्ष लाभ लिन सक्ने किसानहरूको सिंचाई समस्या को एक हदसम्म समाधान गर्न सकिने यस्तो महत्वपूर्ण कार्यक्रम प्रति राजदेवी नगरपालिका , राजपुर नगरपालिका , परोहा नगरपालिका , इशनाथ नगरपालिका , गौर नगरपालिका , बौधिमाइ नगरपालिका , वृदावन नगरपालिका, फतुवा नगरपालिका , गुजरा नगरपालिका , यामुना गाउँपालिका , चपुर नगरपालिका , गरुडा नगरपालिकाले ध्यान नदिएको कारण ध्यानार्कषण तथा यथाशीघ्र सम्बंधित निकायमा पहल कदमीको लागि जनमत पार्टी रौतहटको जिल्ला सचिव बिकास_कुमार_यादव को नेतृत्वमा राजदेवी नगरपालिकाको प्रमुख प्रशसकीय अधिकृतलाई ज्ञापन-पत्र बुझाएको हो।
यसै ज्ञापन-पत्र मार्फत यो कार्यक्रम शिघ्र लागू गरिएन भने वाध्यता वस हामी आन्दोलनमा जाने जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस्