पोखरीमा डुबेर बालिकाको मृत्यु

१७ पुष, ईलाम । ईलाम नगपालिका– १ मा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय हिमाल दाहालकी छोरी २६ महिनाकी हिमान्सी दाहालको आफ्नै घर नजिक बारीमा रहेको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त पोखरीमा खेल्दै जाने क्रममा डुबेर घाइते भएकी उनको ईलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here