काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट

१७ पुस, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट भएको छ ।

तालिबान गृह मन्त्रालयका प्रवक्ताले विष्फोटमा परी केही व्यक्तिको मृत्यु भएको बताएका छन् ।

frontline

प्रवक्ता अब्दुल नफी तकोरले बीबीसीसँग भनेका छन्, ‘हाम्रा केही सहयोगीहरु मारिएका छन् र घाइते पनि छन् ।’

तर हताहतीको विवरण आउन बाँकी छ । समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीलाई अद्धृत गर्दै सैन्य हवाई हड्डाको गेटमा विष्फोट भएको र केही व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।

सन् २०२१ मा तालिबान पुनः अफगानिस्तानको सत्तामा पुगेको थियो । त्यतिबेला तालिबान नेताहरुले सुरक्षा अवस्था सुधार्ने बचन दिएका थिए ।

तर अफगानिस्तानमा बिष्फोटका ठूला घटना भइरहेका छन् । धेरैजसो घटनाको जिम्मा स्लामिक स्टेटले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here