लमजुङका जसपा उम्मेदवार नरेन्द्र गुरुङको निधन

५ मंसिर, काठमाडौं । लमजुङमा जनता समाजवादी पार्टी, नेपालबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन भएको छ ।

६४ वर्षीय उनको आज भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा निधन भएको जसपा नेता खेमजङ्ग गुरुङले पुष्टि गरे । उनी उच्च रक्तचापबाट पीडित थिए ।

frontline

आइतबार भएको चुनावका लागि गुरुङ जसपाबाट लमजुङको एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार थिए । तर, उनले १३ कात्तिकमा आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई समर्थन गरेका थिए ।

उम्मेदवार फिर्ताको समय सकिएपछि पछि हटेकाले नरेन्द्र निर्वाचन आयोगको अभिलेखमा भने जसपाका उम्मेदवार हुन् ।

वर्तमान राष्ट्रिय राजनीतिको अध्ययन गर्दा राष्ट्रियताको पक्षमा अडिग रहने वाम-लोकतान्त्रिक गठबन्धन उम्मेदवारलाई समर्थन गरेको बताउँदै नरेन्द्रले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका थिए । त्यसपछि जसपासँग उनको सम्बन्धमा विराम लाग्यो ।

उनले उम्मेदवारी निष्क्रिय पारे पनि जसपाले लमजुङमा प्रतिनिधिसभामा नरेन्द्रका लागि मत मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here