बुद्धि सुवेदी-एनआरएन चुनाबी अभियान अमेरिका

नजिकबाट चिन्नेहरुले स्लिपिङ टाइगर अर्थात सुतिरहेको बाघको उपमा दिने गर्छन् सुमन थापालाई । धेरै नेपाली रहेको टेक्सासमा आफ्नो मात्र दवदवा छ भनेर देखाउन खोज्ने कतिपयलाई सुमनले उनीहरुको आकारको अनुभुति गराई दिएका थिए सन २०१७ मा । त्यो क्षण नेपाली सोसाइटी अफ टेक्ससको नेतृत्वमा सुमनको दरिलो आगमनको रुपमा चित्रित छ । एनएसटीमा नेतृत्व लिएपछि थोरै काम, धेरै हल्ला र आफ्नै बखानमा रमाउनेहरु भन्दा सुमन पृथक देखिए । कम बोल्ने, धेरै काम गर्ने तर आफ्नो बखान गर्दै नगर्ने । आफ्नो छुट्टै पहिचान बनाए सुमनले ।

अहिले एनआरएनए अमेरिकाको अध्यक्षको दौडमा रहेका कृष्ण लामिछानेले एनएसटीको कार्यकाल पुरा गरेपछि सुमन नेतृत्व संहाल्न पुगेका थिए । सुमन एनएसटीमा निर्विरोध चयन भए । कृष्ण लामिछानेले सुमन थापालाई नेतृत्व हस्तान्तरण गर्दा संस्थाको खाता रित्तो थियो । अर्थात संस्थाको खातामा कत्तिपनि रकम बाकी थिएन । आर्थिक हिसाबले एनएसटी टाट पल्टिएको कारण नेपाली कक्षा प्रभावित हुने खतरा थियो । संस्थाको दुराअवस्थालाई सुधार गर्ने र रसातलबाट संस्थालाई माथि उठाउने उनले अठोट गरे । सुमन भन्छन्  “नेपाली कक्षालाई निरन्तरता दिन श्रोत साधनकाको कमी थियो । संस्थाको खाता शुन्य थियो । तर पनि हामीले कुनै अभाव महसुस हुन दिएनौ । मैले नेतृत्व छोड्दै गर्दा संस्थाको खातामा ७० हजार डलर रकम थियो ।”

frontline

सुमनलाई एनएसटीको दोस्रो कार्यकाल सम्हाल्न सबैले आग्रह गरे । तर उनले मानेन् ।  भन्छन्  “जिम्मेवारी लिए पछि त्यसलाई पुरा गरेर छोड्नु पर्छ । अवसर पाए भन्दैमा अनुकुलमा जिम्मेवारी लिने अर्को मौका पाएपछि छोडेर हिड्ने मेरो स्वभाव छैन ।”

कुनैपनि ठाउँमा प्रवेश गर्दा राम्रो अध्ययन र पुरा तयारी गरेर मात्र सुमन प्रवेश गर्छन् । यस पटक एनआरएनए अमेरिकाको चुनावमा सुमनको प्रवेश हुँदैछ भन्ने धेरैले अनुमान गरेका थिए । किनकी एनआरएनए अमेरिकाले बुद्धि सुबेदीको नेतृत्वमा गठन गरेको सदस्यता बितरण समितिमा सहसंयोजक भएर काम गरे । एनआरएनए अमेरिकाका पदाधिकारी र सदस्यहरु भन्दा बढि सक्रिय भएर सुमनले अभियानलाई तिब्रता दिएका थिए । सुमन यसलाई स्विकार गर्दै भन्छन्  “हो मैले साथीभाइहरुलाई पनि यस अभियानमा जोडिन सदस्य बनौं भने ।”  एनआरएनए अमेरिकामा सवै भन्दा बढि सदस्य भएको राज्य टेक्सस हो । जहाँ ४१ सय भन्दा बढि सदस्य रहेका छन् ।

१९ मार्च २०२१ मा सुमन थापाले आफ्नो फेसबुक वालबाट उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरे । त्यस बेला एनआरएनए अमेरिकाको नेतृत्व लिन टेक्ससबाट डाक्टर अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका थिए । गृह राज्य टेक्सासका दूई अध्यक्ष मध्ये एकजनासँग मिलेर सुमन थापा अगाडि बढ्छन् भन्ने धेरैको अनुमान थियो । डाक्टर अर्जुन बन्जाडेसँग सहकार्य भयो भन्ने बजार हल्लाहरु पनि चलेका थिए । तर धेरैको सोचाइ बिपरित विसकनसिन राज्यबाट अगाडि बढिरहेका अध्यक्षका बलिया दावेदार बुद्धि सुवेदीसँग सुमनले सहकार्य गरे । यो सहकार्यले टेक्सस भित्रको एनआरएनए अमेरिकाको राजनीति र शक्तिसन्तुलनमा उतारचढाव ल्याउने धेरैको अनुमान छ ।

     गत मे १ तारिख सुमन थापाको ब्यवस्थापनमा डल्लास टेक्सासमा भएको कार्यक्रमले धेरैको ध्यान तान्यो । एनआरएनए अमेरिकामा जारी चुनावी अभियानमा सबै भन्दा धेरै ब्यक्तिको प्रत्यक्ष उपस्थितिमा भएको कार्यक्रम थियो त्यो । टेक्सासमा रहेको नेपाली संघ संस्थाका प्रभावशाली थुप्रै ब्यक्तिहरु कार्यक्रममा सहभागि भएर बुद्धि सुबेदी नेतृत्वको समुहलाई शुभकामना दिए ।

सुमन थापाका सहपाठीहरु त्यो कार्यक्रमलाई निर्वाचनको टेलरको रुपमा बुझ्न आग्रह गर्छन् । सुमन पनि साथीहरुको भनाइमा सहमत छन् । भन्छन  “चुनावमा होमिए पछि गृहराज्य त बलियो हुनै पर्छ । अरु ठाउँमा राम्रो भएपनि बुद्धिजीका लागि टेक्सस अलि गाह्रो थियो । हाम्रो तयारी र मे १ तारिखको कार्यक्रम पछि बुद्धिजीको पक्षमा लहर आएको छ । अहिले उहाँ र उहाँसँग सहकार्य गरिरहेका साथीहरुले टेक्सासबाट सबै भन्दा बढि भोट पाउने अवस्था बनेको छ ।”

प्रतिक्रिया दिनुहोस्

poster-here