एनआरएन चुनाबी अभियान अमेरिका-विकल ढकाल
नेपालीहरु अमेरिका आउने दैलो धेरै छन् । सबैभन्दा धेरै चल्तीका दैलोचाहिँ दुइटा छन् । एउटा डिभी अर्को विद्यार्थी भिसा । विकल ढकाल दोस्रो अर्थात विद्यार्थी भिसाको दैलोबाट अमेरिका प्रवेश गरेका हुन् ।पढ्नकै लागि अमेरिका आउनु अरु धेरैका लागि नौलो होला, विकलको जीवनका लागि सामान्य नै किन हो भने सानैमा पनि उनले विदेशमा पढेका हुन् । उनले स्कुले पढाइको केही चरण भारतको दार्जिलिङमा पूरा गरे । एसएलसी त जन्मभूमि चितवनबाटै दिए । तर, फेरि चार्टर्ड एकाउन्टेनको पढाइ भारतमै गरे । गणित उनको रुचिकै विषय हो । अरुको व्यवसायको हिसाबकिताब र अंकगणित हेर्ने पढाइ हो चार्टर्ड एकाउन्टेन । अहिले अमेरिकामा आएर उनी अरुको व्यवसायको हिसाब हेर्ने जागिर गरेनन्, आफै व्यवसाय गरिरहेका छन् । ग्यास स्टेसन, होटल, रियल स्टेट लगायतमा लगानी गरेका छन् । नेपालमा पनि उनको लगानी छ। बिकलले सय जना भन्दा बढिलाई रोजगारी दिईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्