हेटौंडामा बस दुर्घटना, दुई जनाको मृत्यु, ३६ जना घाइते

१७ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकैको खण्डमा गएराति बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बसमा सवार ३६ जना घाइते भएका छन्। 

मृतक दुवै जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

frontline

काठमाडौंबाट दमकलाई गन्तब्य बनाएर छुटेको ना७ख २०३२ नम्बरको बस गएराति आफैं अनियन्त्रित भई सडक छेउको नालिमा खसेको थियो। 

दुर्घटनामा घाइते भएकामध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। दुई जनालाई थप उपचारका लागि काठमाडौं र तीन जनालाई भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार एक जनाको हेटौंडाको सन्चो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here