मकवानपुर घरमा आगलागी, २८ लाख बराबरको क्षति
२८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ६ अदालत डाँडास्थित अमरबहादुर खत्रीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आगलागीबाट २८ लाख बराबरको क्षति भएको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
खत्रीको काठले बनेको २ तल्ले घरमा गएराति ८ बजे करेन्ट सट भएर आगलागी भएको हो। आगलागीबाट घर र गोठ पूर्ण रूपमा जलेको छ।
आगलागीबाट मानवीय र चौपायको भने क्षति नभएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्