डेंगुबाट बच्न कर्मचारीलाई पूरा बाहुला भएको कपडा लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

२७ भदौं, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न कर्मचारीहरुलाई पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै डेंगु रोगको प्रकोप बढेसँगै यसबाट बच्न सावधानी अपनाउन सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विशेष अनुरोध गरेको हो ।

frontline

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताउनुभएको छ ।

प्रायः दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here