देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना

२७ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाे छ ।

आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेश,गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

frontline

साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै,देशका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साेमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here