फोहोर बोकेर गएका गाडी आलेटार र सिसडोल मै अड्किए,अवरोध कायमै

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोल मै अड्किएका छन् ।

बञ्चरेडाँडाका स्थानीयले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए ।

frontline

‘काठमाडौंबाट आएका सबै गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । अगाडि-पछाडि प्रहरीका गाडी पनि छन् । तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न सकेका छैनन् ।’ ती स्थानीयले भने ।

उनका अनुसार स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसेका छन् । केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर लैजान नदिनका लागि डाँडा, खोल्चा-खोल्ची लगायत सबै ठाउँमा स्थानीय भेला भएर बसेका छन् । थप सुरक्षाकर्मी नपुगेसम्म फोहोर जान सक्ने अवस्था अहिले छैन ।

महानगरले मंगलबार २ सय ५० गाडी फोहोर लोड गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ४०–५० जना प्रहरी बञ्चरेडाँडामै छन् । आवश्यक परे ब्याकअप फोर्स खटाउने तयारी भइरहेको नुवाकोटका एसपी रमेश पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here