कैदीबन्दीले पाउने दैनिक भत्ता र दसैं खर्चबापतको रकम बढ्दै

२५ साउन, काठमाडौं । कैदीबन्दीको नगद भत्ता नगद सिदा वृद्धि हुने भएको छ । कैदीबन्दीले पाउने दैनिक भत्ता र दसैं खर्चबापतको रकम वृद्धि गर्न गृह मन्त्रालयले कारागार नियमावली– २०२० संशोधन प्रक्रिया अघि बढाएको हो ।

गृह मन्त्रालयका अनुसार साउनबाटै बढेको भत्ता पाउने गरी नियमावली संशोधन गर्न लागिएको छ । हाल कैदीबन्दीले दैनिक पाउँदै आएको नगद भत्ता रकम ६० रुपैयाँबाट बढाएर ८० प्रस्ताव गरिएको छ ।

frontline

चाडपर्व खर्चबापत प्रत्येक वर्ष कैदीबन्दीले एकमुष्ट ३ सय रुपैयाँ पाउँदै आएकामा अब १ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

कारागार व्यवस्थापन विभागले दैनिक भत्ताबापत शतप्रतिशत अर्थात् १ सय २० रुपैयाँ र चाडपर्व खर्चबापत एक वर्षमा एकमुष्ट ५ हजार रुपैयाँ दिन विभागले प्रस्ताव गरेको थियो ।

तर, विभागको प्रस्ताव संशोधन गर्दै पर्व खर्च १ हजार र दैनिक भत्ता ८० कायम गर्ने गरी अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here