कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा जारी

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पार्टीको पदाधिकारी बैठक बालुवाटारमा जारी रहेको छ ।

आगामी निर्वाचन र पार्टीको आन्तरिक विषयमा समेत छलफलका लागि देउवाले पदाधिकारीसहित पूर्व पदाधिकारीहरुसँग समेत छलफल गरेका हुन् ।

frontline

सोमबार बिहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

‘आगामी निर्वाचन र पार्टीका विविधि विषयमा छलफल गर्न सभापति ज्यूले बोलाउनुभएको बैठक जारी छ । बैठकमा पदाधिकारी र केही पूर्व पदाधिकारीहरु समेत सहभागि रहेका छन् ।’

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् ।

सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ ।

सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here