सेवाग्राही नआएपछि इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित

८ साउन, काठमाडौं । सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ ।

आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ । हालसम्म करिब ३० हजार सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान भएको छ ।

frontline

यातायात व्यवस्था विभागका अनुसार नम्बर प्लेट जडान गर्न आउने सेवाग्राहीको सङ्ख्या निकै कम छ । यही अनुपातमा जडान गरिँदै जाने हो भने सम्झौता अवधिभित्र मुस्किलले ५० प्रतिशत सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान हुनेछ ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “सेवाग्राही आउनेक्रम जारी छ तर भीड छैन । सेवाग्राहीको गति बढ्न सकेन ।” हालसम्म दुई लाख १५ हजारप्रति इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ ।

थप नम्बर प्लेटको माग आएपछि उत्पादन गरिन्छ । कार्यालयबाट माग आएपछि कम्पनीले प्लेट उत्पादन गरी उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here