ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु

२८ असार, विराटनगर । विराटनगरमा पेट्रोल बोकेको ट्यांकरको ठक्करबाट सोमबार राति साइकलयात्रीको मृत्यु भएको छ। 

कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ राधाकृष्ण राईस मिलअगाडि राति सवा ८ बजेतिर दुर्घटना मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। 

frontline

उनकाअनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ६ ख १८३४ नम्बरको ट्यांकरले ठक्कर दिँदा विराटनगर-१३ का ५५ वर्षीय विजय बानियाको मृत्यु भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।

ट्यांकर र चालक भारत अररियाका २७ वर्षीय जागेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

प्रहरीकाअनुसार चालकको साथमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। साइकलमा सडक पार गर्दै गर्दा बानियालाई ट्यांकरले ठक्कर दिएको हो।  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here