बाँकेमा राप्ती नदीले खतराको तह पार
२५ असार, बाँके । बाँकेमा राप्ती नदीले खतराको तह पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । बाढी मापन केन्द्र कुसुमका अनुसार दिउँसो ५.६३ बजे राप्ती नदीमा पानीको सतह पुगेको छ ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ ।
राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्