भारतमा कोरोनाबाट एकैदिन ४ लाख बढी संक्रमित, ३५ सय भन्दा धेरैको मृत्यु

फ्रन्टलाइन विश्व परिवेश । भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख नाघेको १०औँ दिनमा ४ लाख पुगेको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।

frontline

यस्तै त्यहाँ एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here