लोसपाको केन्द्रीय कार्यकारिणी बैठकको चार बुँदे निर्णय

१९ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार बुँदे निर्णय गरेको छ।
पार्टी कार्यालयमा चलेको दुई दिने बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ।




त्यस्तै लोसपाले नेपाल सरकारले गत जेठ २३ गते जारी गरेको नियमावलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘नेपाल सरकारले जेठ २३ गते जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याइएको भू-उपयोगी नीतिप्रति लोसपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।
यो नियमावली अत्यन्त अव्यवहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको हो र यो हाम्रो सँस्कृतिमाथिको प्रहार पनि हो।
यसबाट ग्रामिण तथा सहरी क्षेत्रमा बसोबास गर्ने गरिब किसानको सामाजिक, आर्थिक साँस्कृतिकरुपले अति नै प्रभाव पार्नसक्ने खालको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्