कञ्चनपुरमा कच्ची घर भत्किदा ४ महिने बालिकाको मृत्यु

१५ असार, महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका-५ स्थीत पोखरीमा बुधबार दिउँसो घर भत्किदा ४ महिने बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका-४ धरमपुरकी ४ महिने करिश्मा खुनाको मृत्यु भएको हो। घटनामा अन्य दुई जना घाईते भएका छन्।

frontline

स्थानीय प्रेम साउदको जग्गा अधिया बनाउन गएका बेला पार्वती खुनाले ४ वर्षिया छोरी र ११ वर्षिया छोरा अर्जुन खुनालाई उक्त घरमा छोडेर रोपाई गरिरहेकी थिईन।

कच्ची घर भत्किएपछि घरले च्यापिदा धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए।

घटनामा परेर सोही वडाका ४० वर्षिय मान्टे थारु र ११ वर्षिय अर्जुन खुना घाइते भएका छन्। उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ। थारु रोपाई सकेर आराम गर्नका लागि उक्त घरमा पसेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here