गाडी भाडा घटाउने विभागको तयारी
१२ असार, काठमाडौं । यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाउने तयारी गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले पनि गाडी भाडा घटाउने भएको हो ।
सरकारको निर्देशनमा गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य २० र डिजेल तथा मट्टितेलको मूल्य २९ रुपैयाँले घटाएको छ।
त्यसकै आधारमा यातायात व्यवस्था विभागले पनि गाडी भाडा समायोजन गर्ने विभागले जनाएको छ । यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विभागले सार्वजनिक यातायातका साधनको भाडा बढाएको थियो।
विभागले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा त्यहि अनुसार गाडी भाडा पनि समायोजन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्