श्रीलंकाबाट नेपाल सर्यो विश्व बैंकको क्षेत्रीय कार्यालय

८ असार, काठमाडौं । विश्व बैंकले आफ्नो क्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सारेको छ । कार्यालयको बुधबार काठमाडौंमा उद्घाटन भएको छ।

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन्।

frontline

यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा रहेको उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ। अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ।

नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो  साझेदारका रुपमा रहीआएको बताए।

सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा संचालित २५ आयोजनाहरुमा करिब तीन अर्ब अमेरिकी डलर बराबरको प्रतिवद्धता प्राप्त भइसकेको छ।

कार्यालयको विस्तार र स्तरोन्नतीसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे ।

विश्व  बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएमएफ) ले सन् २००७ देखि नेपालमा काम शुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने नयाँ क्षेत्रीय कार्यालय अन्तराष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here