जिसस दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी
३० जेठ, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका महादेव बडू (कश्यप) प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन्।
कांग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका पुस्करसिंह धामी, खडकसिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन्।
त्यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमति टमटा र गौरी टमटा निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस्