सर्लाहीमा बस दुर्घटनामा मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत
१३ चैत, जनकपुरधाम । सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत भएको छ ।
प्रहरीका मृत्यु हुने भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने एक जना पुरुष र एक जना महिलाको भने सनाखत हुन नसकेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
बीरगंजबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्