पार्टी टुक्र्याउनेसँग एकता हुँदैन : अध्यक्ष ओली
१० चैत,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्र्याउनेहरुसँग एकता नहुने बताएका छन् ।
बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले एकताको कुरा गरेर पार्टी प्रवेश रोक्न नहुने बताए ।
‘यत्रो पार्टी टुक्र्याउने काम गरिएको छ, अन्य देश वा समूहहरुसँग सम्झौता गरेको छ’, अध्यक्ष ओलीले भनेका थिए ।
पार्टी एकता नभएर एमालेले प्रवेशलाई जोड दिनुपर्ने उनले बताएका थिए । ‘वामपन्थी गठबन्धन नभनौं, एकता नभनौं ।
के को एकता ? प्रवेश भनौं’, उनको भनाइ थियो । पुष्पकमल दाहाल प्रचण्डको भाँडो रित्तिनेगरी एमालेमा प्रवेश गराउनुपर्ने ओलीले बताएका थिए ।
‘यत्रो तीन करोड जनता छन् । किन गर्न पर्यो वाम एकता ? कुन वाम एकता ?’ ओलीले भने, ‘एमाले बलियो बनाए हुन्न ?’ एकता नभइ प्रवेशबाटै एमाले बलियो हुने ओलीले बताएका थिए ।
पहिलो दिनको बैठक समापण गर्दै ओलीले एउटा विषयमा (वाम एकतामा) अलमलिन नहुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्