हिन्दू राष्ट्र पुनः स्थापनाको लागि आन्दोलन गर्ने कमल थापाको उद्घोष

फाइल तस्बिर

२९ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन्।

राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्दै उनले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे। 

frontline

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकाले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे। 

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरुका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरु भएकाले यसको अन्त्यका लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल उदाएको ठोकुवा गरे। 

निस्वार्थ भावले राष्ट्रको लागि केही गर्छौं भन्ने आशा बोकेका युवाहरुको साथले राप्रपा नेपाललाई थप उर्जा र हौसला प्राप्त भएको बताउँदै उनले सम्बर्धनवाद, लोकतन्त्र, हिन्दू राष्ट्र, सुशासन, समृद्धि र राष्ट्रवादको एजेण्डा बोकेर जनतामाझ आएको राप्रपा नेपालप्रति स्वतन्त्ररुपमा रहेका व्यक्तित्वहरु, विभिन्न संघ संगठनहरु अकर्षित हुँदै पार्टी प्रवेश गर्ने लहर सुरु भैसकेकाले पार्टीका एजेण्डा बोकेर घरघर, दैलोदैलो पुग्न युवाहरुलाई आह्वान गरे।

कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here