कलैया ९ का अध्यक्ष डाक्टर अन्सारी एमालेमा प्रवेश

श्रोत : ईन्टरनेट

२५ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् ।

बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन् ।

frontline

आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी परिवर्तन गर्नुपरेको वडा अध्यक्ष डाक्टर अन्सारीको भनाई छ ।

उनले मधेश आन्दोलनका माग र शहीदको सपना पूरा गर्न नसकेको, मधेसका मुद्धाहरु ओझेलमा पार्ने गतिविधिमा संलग्न भएकोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको बताएका छन् ।

एमालेमा प्रवेश गरेका अन्सारीले भने, ‘आफ्नो वडालाई नेपालकै नमुना बनाउने सोच छ, ठूलो पार्टीबाट मात्रै यो भिजन पूरा हुने देखें, त्यसैले नेकपा एमाले रोजेको हुँ । ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बाराको आदर्श कोतवालमा फागुन २८ गते हुने बृहत पार्टी प्रवेश कार्यक्रममा आफ्नो वडाबाट थप एक हजार नेता कार्यकर्तालाई प्रवेश गराउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here