माओवादी केन्द्रीय बैठकबाट मनोनित गर्न प्रस्ताव ९७ मध्ये ४७ जनाको नाम हटाइयाे

२४ फागुन, काठमाडौं । सोमबार बसेको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकबाट मनोनित गर्न प्रस्ताव भएका ९७ जनामध्ये ४७ जनाको नाम भने हटाइएको छ ।

पार्टीमा विवाद भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९७ जनामध्ये ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित गरेका हुन् ।

frontline

सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्ने निर्णय गरेका थिए । केन्द्रीय सदस्यको लिस्टमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको पनि नाम थियो ।

पार्टीमा छोरी ज्वाइँ समेटिनु तर, अन्य प्रभावशाली नेताहरु केन्द्रीय समितिमा नपरेपछि विरोध सुरु भयो । प्रचण्ड पुत्री र ज्वाइँ आचार्यलगायत ४७ जनालाई के योगदानका आधारमा केन्द्रीय सदस्यमा मनोनित गरिएको भन्दै विवाद उत्पन्न भएपछि अन्त्यमा ती ४७ जनाको नाम लिस्टबाट हटाइएको थियो ।

केन्द्रीय सदस्य मनोनयनमा विरोध भएपछि अध्यक्ष प्रचण्डले ५० जनाको नेम लिस्ट पारित गर्दै छोरी ज्वाइँसहितको बाँकी ४७ जनाको नाम भने हटाउनुपरेको हो ।

यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति रहेकोमा सोमबार ५० जना थपिएसँगै माओवादीको केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ ।

४७ जना केन्द्रीय सदस्यको नेम लिस्टलाई थाती राखेको माओवादी बैठकले पदाधिकारी चयन स्थानीय तहको निर्वाचन पछि निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here