हराएका एक व्यक्ति ३ दिनपछि मृत फेला

२१ फागुन, दाङ । सल्यानमा बुधबार हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । कपुरकोट गाउँपालिका-२ भकमका ६४ वर्षीय मेवालाल नेपाली शनिबार विहान नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

मृतक नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै जङ्गलतिर निस्किएका थिए । तर बेलुकीसम्म घर नआएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।

frontline

प्रहरीले उनको खोजी गर्ने क्रममा हराएको ३ दिनपछि शनिबार मृत अवस्थामा फेला पारेको हो ।

बाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here