रुस र युक्रेनबीच तनाव, पूर्वी युक्रेनमा रुससमर्थक पृथक्तावादी र सरकारी सेनाबीच झडप

फाइल तस्बिर

७ फागुन,  एजेन्सी । रुस र युक्रेनबीच तनाव चलिरहेको बेलामा पूर्वी युक्रेनमा रुससमर्थक पृथक्तावादी र सरकारी सेनाबीच झडप भइरहेको छ । 

रोयटर्स समाचार संस्थाको रिपोर्टअनुसार, विगत २४ घन्टामा विद्रोहीहरूमाथि युक्रेनी सेनाले चारपटक आक्रमण गरेका छन् । 

frontline

युक्रेनको सेनाले चाहिँ पृथक्तावादीहरूको आरोपको खण्डन गरेको छ । आफूमाथि पृथक्तावादीहरूले आक्रमण गरेको सेनाको कथन छ । 

घटना कति गम्भीर छ र कतिजना घाइते भए भन्ने खुलेको छैन । 

युक्रेनी सेना र पृथक्तावादीहरूबीच यस्ता किसिमका घटना सन् २०१४ पछि लगातार भइरहेको छ । तर अहिलेको संघर्ष महत्त्वपूर्ण छ किनकि युक्रेन सीमामा एक लाखभन्दा बढी रुसी सैनिक तैनाथ छन् । अनि रुसले बेलारुससँग मिलेर युद्धाभ्यास समेत गरेको छ । 

गोली चलेको विषयमा स्वघोषित लुहान्स्क पिपुल्स रिपब्लिकका प्रतिनिधिहरूले बयान जारी गरेर चार फरक घटनामा युक्रेनी सेनाले मोर्टार, ग्रिनेड लोन्चर र मशिनगन चलाएको बताएका छन् । 

युक्रेनी सेनाले आर्टिलरी जस्तो भारी हतियार उपयोग गरेर युद्धविरामको उल्लंघन गरेको र मिन्स्क सम्झौताको यो बर्खिलाप भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here