सेयर बजार दोहोरो अंकले बढ्यो

३ फागुन, काठमाडौं । अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ ।

frontline

कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा आज कुनै परिवर्तन आएन ।

दिनभरजसो झिनो अंकले बढेको बजार अन्तिम घण्टामा बढेपनि कारोबार रकममा भने सुधार भएन ।

आज कुल कारोबार रकम ३ अर्ब २३ करोड ३३ लाख बराबर रह्यो भने सोमबार ३ अर्ब ६८ करोड बढीको सेयर खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here