टरिगाउँ विमानस्थल विस्तारका लागि एक रुपैयाँ अभियान

फाइल तस्बिर

३ फागुन, दाङ ।  दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि एक रुपैयाँ अभियान सुरु गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा टरिगाउँ विमानस्थलको स्तरबृद्धिका लागि एक रुपैयाँ संकलन अभियान सुरु भएको छ ।

पटकपटक सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि बेवास्ता गरेका कारण दबाब दिने उद्देश्यले अभियानको सुरुवात गरेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । 

frontline

जिल्लाकै गौरवको रुपमा रहेको टरिगाउँ बिमानस्थलको स्तरोन्नतिका लागि आवश्यक कदम चाल्न प्रदेश र केन्द्र सरकारसँग आग्रह पनि गरिएको छ । अध्यक्ष चालिसेले ५१ हजारको चेक हस्तान्तरण गरेर आफैले अभियानको सुरुवात गरे । 

इच्छाअनुसार अभियानमा सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैंकमा ‘तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट’ खा.नं.४१६०१०००००००७००६ मा रकम जम्मा गर्न सकिने बताए । ‘एक एक रुपैयाँ संकलन गरेर भए पनि एयरपोर्ट विस्तार गरौ भन्नेमा लागेका छौं’ उनले भने, ‘यसलाई पूर्ण सफल बनाउँछौ ।’

दाङ एयरपोर्ट कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाको ट्रान्जिट प्वाइन्ट उल्लेख गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले भने, ‘यो अवस्थामा रहेको एयरपोर्ट विस्तारमा बदमासी हुन थालेपछि हामी आफै अहिले सक्रिय भएका छौ ।’

सामान्य अवस्थामा विस्तार मात्रै गर्न सके पछि निजी हवाई सेवा कम्पनीहरुले सेवा दिन तयार रहेको र भाडादर समेत कम हुने अवस्था रहेको उनको भनाइ छ ।

अहिले नेपाल एरलाइन्सको ट्वीनटर जहाजले हप्तामा पाँच दिन उडान भर्दै आएको छ । दाङ-काठमाडौ उडान रहेको टरिगाउँ एरपोर्टको हवाई सेवा अत्यन्त महङ्यो भएको गुनासो समेत बढ्दो छ ।

अहिले यहाँको हवाई भाडा नौ हजार ४ सयसम्म रहेको छ । निजी र ठूला विमानहरुले सेवा दिन सुरु गरेमा यहाँको भाडा ३५ सय/चार हजार हुने पक्का रहेको अध्यक्ष चालिसेको दाबी छ । ‘

अहिले एयरपोर्ट स्ट्याचुजस्तो बनाइएको छ,’ चालिसेले भने, ‘हामीले त्यो स्ट्याचुलाई चलायमान बनाउन खोजेका छौ ।’ उनले सरकारले प्राथमिकता नदिँदा स्थानीय स्तरबाट पहल थाल्नु परेको उनको भनाइ छ ।

संघको एक रुपैयाँ अभियानमा राष्ट्रियसभा सदस्य कोमल वलीले पाँच सय रुपैया सहयोग गरेकी छन् । उनले खुत्रुके अभियानमा यो भन्दा धेर सहयोग गर्न नहुने भन्दै ५ सय रुपयाँ सहयोग गरेको बताइन् ।

‘म राष्ट्रिय सभा सदस्य हो । मसंग धेरै पैसा हुँदैन । त्यसलै पाँच सय रुपैयाँ सहयोग गरे,’ उनले भनिन् । एयरपोर्टको स्तरोन्नति आवश्यक रहेको भन्दै उनले नारायणपुरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने समेत बताइन् । त्यसका बजेट विनियोजन भएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here