चिर्पटले हानेर वृद्धा आमाको हत्या

२ फागुन, विराटनगर ।  चिर्पट दाउराले हानेर मोरङको उर्लाबारीमा एक जना व्यक्तिले वृद्धा आमाको हत्या गरेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी नगरपालिका–४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीले घरायसी विवादका क्रममा चिर्पटले प्रहार गरेर ७० वर्षीया आमा चन्द्रमाया भण्डारीको हत्या गरेका हुन्। 

frontline

आमाको हत्यामा संलग्न भण्डारीलाई आइतबार राति इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले पक्राउ गरेको छ। 

छोराले दिउँसो ४:३५ बजेतिर चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएकी वृद्धाको राति मृत्यु भएको डीएसपी श्रेष्ठले बताए।

उनका अनुसार वृद्धाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राति १०:२५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो। 

उनले पारिवारिक विवाद कस्तो खालको हो भन्ने खुल्न बाँकी रहेको बताए। डीएसपी श्रेष्ठका अनुसार घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने उनको भनाइ छ। श्रेष्ठका अनुसार हाउभाउ र व्यवहारले गंगाप्रसाद मानसिक बिरामी रहेको हुनसक्ने आशंका गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here