काकाले २७ महिनाको भतिजीको पछारेर हत्या
११ माघ, स्याङ्जा । भतिजीलाई पछारेर हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जनालाई पक्राउ गरेको छ ।
चापाकोट नगरपालिका ७ बस्ने बर्ष ३८ का बासुदेब ढकाललाई भतिजीको हत्या अभियोगमा पक्राउ गरेको हो ।
बासुदेवले आफ्नै भाईको २७ महिनाका छोरी सुबिना ढकाललाई दुबै खुट्टा समाई जमिनमा पछारेर अचेत बनाएर छाडेका थिए ।
अचेत बालिकाको रामपुर अस्पतालमा उपचारका क्रममा निधन भएको सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
हत्यामा संलग्न ढकाललाई नियन्त्रणमा लिएर ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान शुरु गरिएको अधिकारीले बताए ।
अधिकारीका अनुसार मदिरा सेवन गरेका ढकालले भतिजीको हत्या गरेका थिए । ढकालले आवेगमा आएर बालिकालाई खुट्टामा समातेर पछारेको स्विकारेका छन् ।
मृतक बालिकाको शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्