सरकारी कार्यालय नै सङ्क्रमण फैलाउने हटस्पट बन्ने जोखिम

फाइल तस्बिर

१ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित कोभिड सङक्रमण उच्च भएका जिल्लाहरूमा २५ जना भन्दा धेरै भेला हुन नपाउने गरी जारी गरिएको निषेधाज्ञा विपरीत सरकारी कार्यालयहरूमै ठूलो भिडभाड देखिएको छ।

कोरोना भाइरसबाट सङक्रमित हुनेको सङ्ख्या पछिल्लो दिनमा बढ्दै जाँदा जनस्वास्थ्यविद्हरूले सरकारी कार्यालय नै कोरोना सङ्क्रमण फैलाउने ुहटस्पटु बन्न सक्ने चेतावनी दिएका छन्।

frontline

सरकारले माघ ३ गतेबाट हवाई यात्राको लागि र माघ ७ गतेबाट सार्वजनिक सेवा तथा सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रहरूमा सयौँ मानिसहरू लाइन लागेका छन्।

उपत्यकामा अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी छन् भने दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या पनि दिनदिनै बढिरहेको छ।

कहाँकहाँ छ भिड ?
पछिल्लो केही दिनयता काठमाण्डू जिल्लाका ११ वटै खोप केन्द्र बिहानैबाट मानिसहरू खोपका लागि लामबद्ध हुने गरेका छन्।

यसै वर्षको अन्त्यतिर हुने भनिएको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि नयाँ मतदाता र यसअघि मतदाता परिचयपत्र नभएका नागरिकलाई मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन आयोगले आह्वान गरेको छ।

फोटो सहितको मतदाता परिचयपत्रका लागि उपत्यकासहित धेरै जिल्लाका निर्वाचन कार्यालयहरू अगाडि पनि मानिसहरू लामबद्ध भएका तस्बिरहरू सामाजिक सञ्जालमा शेअर भएका छन्।

सरकारले हालैबाट प्रचलनमा ल्याएको विद्युतीय राहदानी (ईपासपोर्ट) लिन नारायणहिटीमा रहेको राहदानी विभागमा मध्यरातबाटै युवाहरू लाइन बस्ने गरेका छन्।

नयाँ राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्रका लिन जिल्ला प्रशासन कार्यालयहरूमा पनि भिड उत्तिकै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here