निजामती कर्मचारी युनियन बर्दियाको अध्यक्षमा द्रोणराज शर्मा चयन

२५ पुस, गुलरिया । नेपाल निजामती कर्मचारी युनियन बर्दिया जिल्ला कार्य समितिको अध्यक्षमा द्रोणराज शर्मा पुनः सर्वसम्मत चयन भएका छन् ।

बर्दियाको गुलरियामा शनिबार सम्पन्न आठौं अधिवेशनले शर्माको नेतृत्वमा ५ जना महाधिवेशन प्रतिनिधिसहित १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

frontline

समितिको उपाध्यक्षमा दिपकराज थापा(खुला), विनाकुमारी पौडेल(महिला), कमलबहादुर गुरुंग(समावेशी) चयन भएका हुन् ।

सचिवमा राजेन्द्र प्रसाद सुवेदी, सहसचिवमा तपेन्द्रराज न्यौपाने र कोषाध्यक्षमा अर्जुन आचार्य निर्विरोध भएको अध्यक्ष द्रोणराज शर्माले जानकारी दिएका छन् ।

सदस्यहरुमा अजयसिंह ठाकुर, गंगाराम चौधरी, कालिराम थारु, वासुदेव अधिकारी, जोधीराम चौधरी, रणबहादुर रावत, विमला वि.क, टंकबहादुर पुन चयन भएका छन् । दुई जना सदस्य मनोनित गर्न बाँकी छ ।

अधिवेशनबाट भूगोल, क्षेत्र, स्थानीयतह, संघ, प्रदेश समेटेर कार्यसमिति चयन गरिएको अध्यक्ष शर्माको भनाई छ ।

कर्मचारीको विभेदपूर्ण समायोजन, रिक्त दरवन्दी, सेवा प्रवाहमा कठिनाई एउटै ऐन नहुँदा समस्या परेकाले कर्मचारी हकहितको लागि केन्द्रमा पहल गर्ने अध्यक्षले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here