पुस २७ गते वालिङ् नगरपालिकामा सार्वजनिक बिदा

२५ पुस, स्याङ्जा ।  पुस २७ गते अर्थात पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन वालिङ् नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ।

विश्व हिन्दु युवा संघ स्याङ्जाको अनुरोधलाई स्वीकार गर्दै एकता दिवस मनाउने उद्धेश्यले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ।

frontline

संघका अध्यक्ष नवराज पौडेल, केन्द्रीय सदस्य डण्डपाणी पंगेनी, समाजसेवीद्धय बसन्त मल्ल र राजु रेग्मी लगायतका पदाधिकारीसहितको टोलीले वालिङ् नगर प्रमुख दिलिपप्रताप खाँणलाई २७ गतेलाई राष्ट्रिय एकता दिवससहित सार्वजनिक बिदाको माग गर्दे अनुरोधपत्र बुझाएका थिए।

विभिन्न बाईसे र चौबिसे राज्यमा टुक्रे मुलुकलाई एकीकरण गरेर ऐतिहासिक कार्य गरेका व्यक्तिलाई कहिल्यै बिर्सनु नहुने सो पत्रमा उल्लेख छ सो पत्र बुझ्दै नगर प्रमुख खाँणले सबैभन्दामाथि राष्ट्र र राष्ट्रियता भयको बताउँदै पृथ्वीनारायण शाहका योगदान र साहसलाई सम्मान गर्दे पुस २७ गते राष्ट्रिय एकताको अवसरमा सार्वजनिक बिदा दिने बताए।

रचनात्मक र सकारात्मक सोच लिएर अगाडि बढेका युवाहरुलाई सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए।

यसअघि इलाका प्रशासन कार्यालय वालिङ्मार्फत संघ, प्रदेश र स्याङ्जाका ११ वटै पालिकालाई पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै विश्व हिन्दु युवा संघ स्याङजाले अनुरोधसहितको ज्ञापनपत्र बुझाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here