जीप दुर्घटना, ४ जनाको मृत्यु, शोकमा सल्यान कपुरकोट बजार बन्द

श्रोत : ईन्टरनेट

२७ मंसिर, दाङ । राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर स्थित सिरखोलामा जीप दुर्घटनामा परि मृत्यु भएकाहरुको शोकमा सल्यानको कपुरकोट बजार एक दिनका लागि बन्द गरिएको छ ।

तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतबार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो ।

frontline

दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको र १७ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा थप उपचारका लागि नेपालगंज रिफर भएका कपुरकोट गाउँपालिका ३ निवासी ५२ वर्षका चन्द्र बहादुर खड्का, सोहि ठाउँ बस्ने ४८ वर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा, सोहि गाउँपालिका ३ बस्ने ४५ देवा चापागाई,२७ वर्षीय भुप बहादुर थापा,२२ धर्म थापा,उहाँको छोरा ५ वर्षीया दिपेश थापा,सोहि गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, १८ वर्षीया अनिता पुन,सोहि गाउँपालिका १ बस्ने आरति पुन, सोहि गाउँपालिका १९ वर्षीया रमिता बस्नेत लगाएतका रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये हाल ७ जनाको बाँकेका विभिन्न अस्पतादमा उपचार भईरहेको छ भने एक जनाको तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

अन्य घाईतेहरुको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज भएको छ ।

दुर्घटना के कारणले भएको बारे कारण खुलेको छैन । जीप चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here