बाल्टिक सागरमा दुइ कार्गो पानी जहाज ठोक्कियो
२७ मंसिर, स्वीडेन । बाल्टिक सागरमा दुइवटा कार्गो पानी जहाज ठोक्किएको छ । जस मध्ये एउटा पानी जहाज समुन्द्रमा पल्टिएको छ ।
सो घटनामा कम्तिमा दुई जना पानीमा डुबेको बताइएको छ। यद्यपी, उद्दार कार्य जारी रहेको समाचार बीबीसीमा छ ।
अध्यारो र जाडोका कारण उद्दार कार्यमा कठिन भएको बताइएको छ । जहाज ठक्कर हुनुको कारण खुल्न सकेको छैन ।
दक्षिणी स्वीडेनको यस्टाड र डेनिस टापुको बीचमा रहेको बाल्टिक सागरमा सो घटना भएको हो ।
हेलिकोप्टर र डुङ्गाहरूबाट खाजी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्