भारतीय सेनाको हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु, पूर्वसेना प्रमुख रावतको अवस्था गम्भीर

२२ मंसिर, भारत । बुधबार भारतको तमिलनाडुको कुन्नुर जंगलमा भएको सेनाको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकले पूर्वसेना प्रमुखसमेत रहेका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार रहेको हेलिकोप्टर दुर्घनामा मृतकको संख्या १३ पुगेको जनाएको हो ।

frontline

पूर्वसेना प्रमुख रावतको अवस्था गम्भीर रहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । १४ जना सवार रहेको हेलिकोप्टरमा पूर्वसेना प्रमुखकी पत्नी मधुलिकासमेत रहेका थिए ।

दुर्घटनामा अधिकांश शवहरु जलेका छन् भने वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here