कांग्रेस संस्थापन पक्षको बैठक साझा उम्मेदवार चयन गर्न असफल

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक साझा उम्मेदवार चयन गर्न असफल भएकाे छ ।

रामचन्द्र पाैडेलसहित चार प्रभावशाली, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेपनि सहमतिमा उम्मेदवार चयन गर्न भने असफल भएकाे हाे ।

frontline

रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति हुन नसकेकाे बताइएको छ ।

बैठकमा महामन्त्री समेत रहनुभएका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल रहेको बताउँदै छाेडिदिन आग्रह गर्नुभएकाे थियाे ।

यद्यपि अरु नेताको नाममा सहमति बनेपनि आफूलाई छाेड्न कुनै आपत्ति नभएको उहाँले बताउनुभएकाे स्राेतले बताएकाे छ ।

तर सभापतिकाे उम्मेदवारमा सबैले आआफ्नै दाबी प्रस्तुत गरिरहेका छन् ।

बैठकमा शशांकको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सबभन्दा राम्रो मेरो छ, तर तपाईंहरु सहमति गर्नुहुन्छ भने म छाड्न तयार छु ।’

साझा उम्मेदवार चयनका लागि पुनः बैठक बसेर सहमति जुटाउन पहल गरिने तयारी रहेकाे पाैडेल निकट स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here