राप्रपा महाधिवेशन : थापा र लिङदेनले बनाए प्यानल

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। महाधिवेशनमा नेतृत्वका लागि राजेन्द्र लिङदेन र कमल थापा बीच प्रतिष्पर्धा हुने देखिन्छ। उनीहरू दुवैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा थापा र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगोसमेत लगाएका छन्। राप्रपा स्रोतअनुसार थापा प्यानलबाट उपाध्यक्ष पदमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उठ्दैछन्।

frontline

महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार बन्ने पक्कापक्की भएको छ।

महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ । 

त्यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिदैछन्। महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको राप्रपा नेताले बताए। 

नेता विक्रम पाण्डेको नाम उपाध्यक्ष पदका लागि दुबै प्यानलले आफ्नो पक्षबाट उम्मेदवारी दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here