कांग्रेस सर्लाही अधिवेशनमा खटिएका निर्वाचन अधिकृत वेपत्ता

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाहीमा अधिवेशन गर्न खटिएका निर्वाचन अधिकृत वेपत्ता भएका छन्। निर्वाचन अधिकृत भरत राउत बिहीबार मध्यान्हदेखि हराएका हुन्।

सर्लाहीमा यसअघि अधिवेशन गराउन दुई पटक अधिकृत खटाइएको थियो। उनीहरुले अधिवेशन गर्न नसकेको भन्दै राजीनामा दिएका थिए। अधिवेशन गराउन सर्लाही जाने भरत तेस्रो अधिकृत हुन्।

frontline

सर्लाहीका कांग्रेस सभापति नागेन्द्रकुमार रायले दिउँसो १२ बजेदेखि नै राउत वेपत्ता भएको बताए। ‘मध्यान्हदेखि नै उहाँसँग सम्पर्क भएको छैन,’ उनले भने, ‘फोन पनि उठेको छैन।’

सर्लाहीमा निर्वाचन गराउन पहिलोपटक विनोद कार्कीलाई खटाइएको थियो। कार्कीले निर्वाचन गराउन नसकेपछि दिवाकर पाण्डेलाई निर्वाचन अधिकृतमा खटाइएको थियो। उनीमाथि हातपात भएपछि राजीनामा दिएका थिए। अहिले राउतलाई खटाइएको हो।

सर्लाहीमा शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेर र उपसभापति विमलेन्द्र निधिका गुटको कलहले गर्दा झडप हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here