न्यायाधीश कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन कानुन व्यवसायीको आग्रह

फाइल तस्बिर

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।

frontline

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले बिहीबार न्यायाधीशहरुसँग छलफलका क्रममा संवैधानिक भूमिका क्रियाशील बनाउन वरिष्ठतम न्यायाधीश कार्कीलाई आग्रह गरेका हुन् ।

छलफलपछि बारले गरेको विरोध सभामा बोल्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पनि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा सक्रिय हुन नचाहने हो भने वरिष्ठतम न्यायाधीशलाई पनि शंकाको दृष्टिले हेर्ने चेतावनी दिए ।

संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश काम गर्न असमर्थ भएमा वा अदालतमा उपस्थित नभएमा वरिष्ठतम न्यायाधीश स्वत: कार्यवाहक प्रधानन्यायाधीश बन्ने उल्लेख छ ।

तर सोमबार रातिदेखि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले भने आफू विरामी भएको बारे अदालतमा औपचारिक जानकारी नगराएकाले कार्यवाहक जिम्मेवारी कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here